समाचार आइतबार, साउन १८, २०७७

जनकपुरधाम उपमहानगरपालिकामा भोलिदेखि निषेधाज्ञा

हिमालखबर

जनकपुरधाम उपमहानगरपालिकामा भोलिदेखि निषेधाज्ञा

जनकपुरधाम उपमहानगरपालिकाभित्र सोमबार राति १२ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार उपमहानगरपालिकामा कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा जारी गरिएको हो।

सुरक्षा समितिले राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरू बाहेकका अन्य सेवा र स्थलमा सोमबार रातिदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रतिकृया दिनुहोस