कला/साहित्य आइतबार, साउन १८, २०७७

प्रकाश सपुतको नयाँ गीत ‘बदला बरिलै’ एक दिनमै ट्रेन्डिङमा

हिमालखबर

प्रकाश सपुतको नयाँ गीत ‘बदला बरिलै’ एक दिनमै ट्रेन्डिङमा

बलात्कारको विषयलाई लिएर गायक प्रकाश सपुते बनाएको 'बदला बरिलै' बोलको गीत यूट्युवमा राखेको एक दिनमा नै ट्रेन्डिङमा आएको छ। 

गायक सपुतले आफ्नै यूट्युव च्यानलमार्फत शनिबार सार्वजनिक गरेको पन्ध्र मिनेटको यो गीत अहिलेसम्म साढे पाँच लाख बढीले हेरिसकेका छन्। 

संगीत क्षेत्रमा भविष्य खोजिरहेकी एक यूवतीको बलात्कारपछि हत्या भएपछि ती युवतीले बलात्कारीसँग लिएको बद्लाको कथा भिडियोमा छ।

समाजमा बढ्दो बलात्कारको घटनालाई लिएर तयार पारिएको पन्ध्र मिनेट लामो गीतमा अभिनेत्री केकी अधिकारीले अभिनय गरेकी छिन्। देवी घर्तीको आवाजमा रहेको यो गीतमा प्रकाशको शब्द तथा संगीत रहेको छ। गायक सपुतले नै भिडियोको निर्देशन गरेका छन्।

 

प्रतिकृया दिनुहोस