समाचार आइतबार, साउन १८, २०७७

भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

हिमालखबर

भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

भारतका गृहमन्त्री अमित शाहलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ। शाहले आफ्नो आधिकारिक ट्विटर ह्याण्डल मार्फत आफूलाई कोरोनाको शुरुवाती लक्षण देखिएपछि परीक्षण गराउँदा संक्रमण पुष्टि भएको उल्लेख गरेका छन्।

उनले आफ्नो स्वास्थ्य अवस्था ठीक भए पनि चिकित्सकहरूको सल्लाह अनुसार अस्पताल भर्ना भएको पनि उल्लेख गरेका छन्। उनले पछिल्ला दिनहरुमा आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई आइसोलेसनमा बसेर कोरोना परीक्षण गर्न पनि सुझाव दिएका छन्।

शाह भारतका प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिन्छन्। भारतमा कोरोना संक्रमितको संख्या व्यापक मात्रामा बढिरहेको छ।

अयोध्यामा २१ साउनमा राम मन्दिर ट्रस्टले आयोजना गर्न लागेको राम मन्दिरको भूमि पूजन कार्यक्रम विवादित भइरहेका वेला गृहमन्त्री शाहलाई कोरोनाभाइरस संक्रमण भएको हो।

उक्त कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसहितका भारतीय जनता पार्टीका नेताहरु सहभागी हुने कार्यक्रम थियो।

 

प्रतिकृया दिनुहोस