कोरोना संक्रमणबाट उत्तर प्रदेशको मन्त्री कमल रानीको निधन
कोरोना संक्रमणबाट उत्तर प्रदेशको क्याबिनेट मन्त्री कमल रानी वरुणको निधन भएको छ। उनी उत्तर प्रदेशको प्राविधिक शिक्षा मन्त्री हुन्।
उनलाई कोरोना संक्रमण भएको १८ जुलाईमा पत्ता लगोको थियो। उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले ट्विट गरेर उनको मृत्यु भएको जनाउँदै गहिरो दुःख व्यक्त गरेका छन्।
कमल लखनऊस्थित पीजीआईमा उपचाररत् थिइन्। उनी कानपुरको घाटमपुर क्षेत्रबाट विधायक निर्वाचित भएकी थिइन्। यो क्षेत्रबाट निर्वाचित हुने उनी पहिलो बीजेपी विधायक थिइन्। योभन्दा अगाडि बीजेपीबार्ट दुई पटक सांसद पनि निर्वाचित भइसकेकी थिइन्।