पेट्रोलियम पदार्थको मूल्य बढ्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । शनिबार रातीबाट लागू हुनेगरी डिजेल, पेट्रोल र मट्टीतेलमा दुई–दुई रुपैयाँका दरले मूल्य बढाइएको हो ।
मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर रु. ९० तथा पेट्रोलको मूल्य प्रतिलिटर रु. १०४ पुगेको छ । खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्यमा भने थपघट भएको छैन ।
निगमले हरेक अंग्रेजी महिनाको १ तारिख र १६ तारिखमा भारतीय आयल निगमबाट प्राप्त मूल्य विवरणअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ । जसअनुसार, १ अगष्टमा भारतीय आयल निगमले पठाएको विवरणअनुसार मूल्य समायोजन गरिएको हो ।
बन्दाबन्दी खुलेसँगै सवारी आवागमन र आर्थिक क्रियाकलाप बढेकाले पेट्रोल र डिजेलको माग बढेको छ ।