समाचार शनिबार, साउन १७, २०७७

नेपाल-चीन मैत्री सम्बन्धको ६५ वर्ष: दुवै देशको हित हुने गरी सहकार्य गर्न चीन तयार

हिमालखबर

नेपाल-चीन मैत्री सम्बन्धको ६५ वर्ष: दुवै देशको हित हुने गरी सहकार्य गर्न चीन तयार

नेपाल चीन मैत्री सम्बन्ध शुरु भएको ६५ वर्ष पुगेको उपलक्ष्यमा दुई देशका राष्ट्र प्रमुखहरूबीच शुभकामना आदानप्रदान भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति सि जिङपीङलाई शुभकामना सन्देश पठाउँदै चिनियाँ नागरिकलाई यस उपलक्ष्यमा बधाई दिएकी छन्।

सन्देशमा उनले नेपाल र चीन बीचको मैत्री सम्बन्ध आगामी दिनहरूमा थप बलियो हुने विश्वास व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले गएको अक्टोबरमा भएको सीको ऐतिहासिक नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाएको र दुवै देशको विकाश र समृद्धीमा यसले योगदान पुर्‍याएको स्मरण गरेकी छन्।

चीनका राष्ट्रपति सी जीनपीङले पनि दुई देशबीचको मैत्री सम्बन्धमा महत्वपूर्ण विकाश भएको बताएका छन्। राष्टप्रति भण्डारीसँग सीले दुवै देशको हितमा हुनेगरी सहकार्य गर्न चीन तयार रहेको समेत जनाए।

त्यस्तै प्रधानमन्त्री केपी ओलीले पनि  राष्ट्रपति सी र स्टेट काउन्सिलर लि केविङलाई शुभकामना सन्देश पठाएका छन्। प्रधानमन्त्री ओलीले शुभकामनामा बीआरआईलगायत प्रोजेक्टले यो क्षेत्रको विकासमा योगदान पुर्‍याएको भन्दै प्रशंसा गरेका छन्।

त्यस्तै परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले पनि समकक्षी वाङ यीलाई शुभकामना सन्देश पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

 

प्रतिकृया दिनुहोस