समाचार शनिबार, साउन १७, २०७७

पछिल्लो २४ घण्टामा ६ जना थपिएसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ६०३ पुग्यो

हिमालखबर

पछिल्लो २४ घण्टामा ६ जना थपिएसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ६०३ पुग्यो

पछिल्लो २४ घण्टामा उपत्यकामा ६ जना कोरोना संक्रमित भेटिएका छन्। यससँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ६०३ जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भेटिउका संक्रमितमध्ये काठमाडौंका ५ जना र भक्तपुरका १ जना रहेका छन् ।

भेटिएका संक्रमितहरू राष्ट्रिय प्रयोगशाला टेकु, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र कोरिया नेपाल मैत्री अस्पताल भक्तपुरमा भेटिएका हुन्।

यससँगै उपत्यकामा रहेका कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ। जसमध्ये काठमाडौंमा ४२८ जना, ललितपुरमा ९७ जना र भक्तपुरमा ५८  जना कोरोना संक्रमित पुगेका छन्।

प्रतिकृया दिनुहोस