समाचार शनिबार, साउन १७, २०७७

शनिबार थप ३१५ जनामा संक्रमण, नेपालमा संक्रमित संख्या २० हजार नाघ्यो

हिमालखबर

शनिबार थप ३१५ जनामा संक्रमण, नेपालमा संक्रमित संख्या २० हजार नाघ्यो

बितेको २४ घण्टामा ३१५ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, शनिबार थपिएको सहित नेपालमा संक्रमित संख्या २० हजार नाघेको छ।

गएको ९ माघमा पहिलो संक्रमित देखिएको नेपालमा शनिबारसम्म २० हजार ८६ पुगेको छ। शनिबार सवैभन्दा बढी बझाङमा संक्रमित देखिएको छ। बझाङमा एकै दिन ७८ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै पर्सामा ६२ र कैलालीमा एकै दिन २७ जनामा संक्रमण देखिएको छ।

गएको २४ घण्टामा डिस्चार्ज हुनेको संख्या भने ९३ मात्रै छ। यो सहित डिस्चार्ज हुने संक्रमितको संख्या १४ हजार ४९२ पुगेको छ।

प्रदेश १ बाट २२५, प्रदेश २ बाट दुई हजार ६५, वागमती प्रदेशबाट ५७५, गण्डकी प्रदेशबाट ३१३ जना, प्रदेश ५ बाट ३८७, कर्णाली प्रदेशबाट २९७ र सुदूरपश्चिम प्रदेशबाट एक हजार ६७५ जना निको भएर घर फर्किएका छन्। संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ।

प्रतिकृया दिनुहोस