समाचार शनिबार, साउन १७, २०७७

कोरोना अपडेट: सक्रिय संक्रमित भन्दा निको हुने तेब्बर

हिमालखबर

कोरोना अपडेट: सक्रिय संक्रमित भन्दा निको हुने तेब्बर

मुलुकमा कोरोनाका संक्रिय संक्रमित भन्दा निको हुनेको संख्या धेरै देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकमा कोरोनाका सक्रिय संक्रमित भन्दा निको हुने व्यक्तिहरुको संख्या झण्डै तेब्बरले बढी भएको देखिएको हो।

मुलुकमा शुक्रबारसम्ममा कोरोनाबाट कुल १९७७१ जना संक्रमित भइसकेका छन्। यी मध्ये १४३९९ निको भइसकेका छन्।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङअन्तर्गत १६ साउनमा सार्वजनिक गरेको तथ्यांकले मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५३१६ छ।
तर निको हुनेहरूको संख्या १४३९९ छ।

गएको ९ साउनसम्म मुलुकमा सक्रिय कोरोना संक्रमितको संख्या ५३८३ र निको भएकाहरूको संख्या १२९४७ थियो। ३१ असारसम्म मुलुकमा कोरोनाका सक्रिय बिरामीको संख्या ६११३ थियो, भने निको हुनेहरुको संख्या ११०२५ थियो।

त्यतिबेलासम्म मुलुकमा कोरोना भाइरसका कारण १७१७७ जना संक्रमित भएका थिए। २० असारसम्ममा कोरोनाका सक्रिय बिरामीको संख्या ९०४२ र निको हुनेहरुको संख्या ६४१५ थियो। 

त्यतिबेलासम्म मुलुकमा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको कुल संख्या १५४९१ थियो। 

कुल संक्रमितमध्ये शुक्रबारसम्ममा ५६ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ। 

प्रतिकृया दिनुहोस