समाचार शुक्रबार, साउन १६, २०७७

पछिल्लो २४ घण्टामा २२४ जना कोरोना संक्रमित थपिए, १५१ जना डिस्चार्ज

हिमालखबर

पछिल्लो २४ घण्टामा २२४ जना कोरोना संक्रमित थपिए, १५१ जना डिस्चार्ज

पछिल्लो २४ घण्टायता मुलुकमा थप २२४ जनामा कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५३१६ पुगेको छ। 

हालसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या १९७७१ पुगेको छ। पछिल्लो २४ घन्टामा १५१ जना डिस्चार्ज भएका छन्। यससँगै नेपालमा निको हुनेहरूको संख्या १४३९९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले शुक्रबारको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार कोरोना संक्रमित निको हुने दर ७२.८ प्रतिशत रहेको छ।

डिस्चार्ज भएसँगै प्रदेश-१ मा २२२ जना, प्रदेश-२ मा २०३४ जना, बागमतीमा ५७२ जना, गण्डकीमा ३२४ जना, प्रदेश-५ मा ३८५ जना, कर्णालीमा २९६ जना, र सुदूरपश्चिम प्रदेशमा १४८३ जना सक्रिय संक्रमितहरू रहेका छन्।

सरकारले पछिल्लो २४ घण्टामा १०७६८ वटा कोरोनाको पीसीआर परीक्षण गरेको जनाएको छ। यससँगै नेपालमा पीसीआर परीक्षणसँगै ३७५४१६ पुगेको छ।

प्रतिकृया दिनुहोस