काठमाडौं उपत्यकामा ४५ सहित २७४ कोरोना संक्रमित थपिए, २२७ जना डिस्चार्ज
बिहीबार काठमाडौं उपत्यकामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार, काठमाडौंमा ४१, ललितपुर र भक्तपुरमा दुई/दुई जनामा संक्रमण पुष्टि भएको छ।
यो सहित बिहीबार देशभर २७४ जना संक्रमित थपिएका छन्। काठमाडौं बाहेक पर्सामा १७ र धनुषामा १४ जना संक्रमित थपिएका छन्। बिहीबार थपिएको सहित संक्रमित संख्या १९ हजार ५४७ पुगेको छ। २४ घण्टामा ६ हजार ३०४ जनामा पीसीआर परीक्षण गरिएको थियो।
बितेको २४ घण्टामा २२७ जना संक्रमित निको भएर अस्पतालबाट घर फर्किएका छन्। यो सँगै डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ पुगेको छ।
मन्त्रालयले अहिले देशभर पाँच हजार २२७ जना संक्रमित उपचारत रहेका छन्। १३ हजार २०१ जना क्वारेन्टिनमा छन्। बिहीबारसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ।