पहिलो पटक दक्षिण सुडान पुगेको राष्ट्रिय ध्वजावाहक जहाज फर्कियो
पहिलो पटक दक्षिण सुडान पुगेको नेपाल एअरलाइन्सको जहाज शान्ति मिसनमा रहेका नेपाली सैनिकलाई लिएर फिर्ता आएको छ।
संयुक्त राष्ट्रसंघ अन्तर्गतको शान्ति मिसनमा कार्यरत नेपाली सेनालाई पुर्याउन पहिलोपटक नेपाल एअरलाइन्सको जहाज दक्षिण सुडानको राजधानी जुवा पुगेको हो।
नेपाली सेनाको कालीध्वज गणका २३८ जना सैनिक लिएर गरेको जहाजले देवीदत्त गणका २५० जना सैनिक लिएर फर्किएको नेपाली सेनाले ट्वीट मार्फत् जानकारी दिएको छ।
नेपाली सेना शान्ति मिसनका लागि दक्षिण सुडानमा सन् २०११ देखि जान थालेको हो। विश्वमा विभिन्न १२ वटा मिसनमा नेपाली सेना खटिएको छ। राष्ट्रसंघीय शान्ति मिसनका लागि दक्षिण सुडानमा १ हजार ७४६ नेपाली सैनिक कार्यरत छन्।