प्रहरी प्रधान कार्यालयका थप ९ जनालाई कोरोना संक्रमण
प्रहरी प्रधान कार्यालयका थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। प्रहरी प्रवक्ता कुवेर कडायतले थप ९ जना प्रहरी कोरोना भाइरसबाट संक्रमित भएको पुष्टी गरेका हुन्।
कडायतका अनुसार संक्रमित सबै प्रहरी पुरुष हुन्। उनले अहिलेसम्म प्रहरीमा देखिएको कोरोना संक्रमणको स्रोत नखुलेको र यसबारे चिकित्सकहरुले अनुसन्धान गरिरहेको बताए। थपिएकाे सहित बिहीबारसम्म संक्रमित प्रहरीको संख्या ४४ पुगेको छ।