कोरोना अपडेट: २० वर्ष मुनिका कोरोना संक्रमितको संख्या बढ्दो
मुलुकमा २० वर्ष मुनिका कोरोना संक्रमितको संख्या करिब २५ दिनको अन्तरमा झण्डै एक हजारले बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार १४ साउनसम्म २० वर्ष मुनिका कोरोना संक्रमितको संख्या ४५४३ छन्।
यीमध्ये १० वर्षदेखि मुनिका संक्रमितको संख्या ७६३ र ११ देखि २० वर्षसम्मका संक्रमितको संख्या ३७८० छ। १० वर्षदेखि मुनिका ७६३ मध्ये अहिलेसम्म ३.२४ प्रतिशत र ११ देखि २० वर्ष सम्मका ३७८० संक्रमितमध्ये २४.१३ प्रतिशत निको भइसकेका छन्।
९ साउनसम्म २० वर्षदेखि मुनिका कोरोना संक्रमितको संख्या ४३६४ थियो। यीमध्ये १० वर्ष मुनिका संक्रमितको संख्या ६९३ र ११ देखि २० वर्षसम्मका संक्रमितको संख्या ३६७१ थिए।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २ साउन सम्ममा २० वर्ष मुनिका कोरोना संक्रमितको संख्या ४२१२ थियो। त्यतिबेला १० वर्ष मुनिका संक्रमितको संख्या ६४९ र ११ देखि २० वर्षसम्मका संक्रमित ३५६३ थियो।
२५ असारसम्म कोरोना संक्रमित हुने २० वर्ष मुनिका व्यक्तिहरूको संख्या ४०४६ थियो। यीमध्ये ११ देखि २० वर्षसम्मका तीन हजार ४२७ र १० वर्ष मुनिका संक्रमितको संख्या ६१९ थियो।
२० असार सम्ममा २० वर्ष मुनिका कोरोना संक्रमितको संख्या ३८२९ थियो। यीमध्ये ११ देखि २० वर्षसम्मका संक्रमितको संख्या ३२६० र १० वर्ष मुनिका संक्रमितको संख्या ५६९ थियो।
यसअनुसार करिब २५ दिनको अन्तरमा २० वर्ष मुनिका कोरोना संक्रमितको संख्या झण्डै एक हजारले बढेको देखिन्छ।