एआईजीहरूको पदस्थापन: शाहीलाई मानवस्रोत, कार्कीलाई एकेडेमीको जिम्मेवारी
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका निरजबहादुर शाही र प्रद्युम्न कार्कीले बुधबार दर्ज्यानी चिन्ह पाएका छन्।प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले एआईजीद्वयलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले शाही र कार्कीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। दर्ज्यानी चिन्ह पाएसँगै कार्कीलाई मानवस्रोत तथा प्रशासन विभागमा पदस्थापन गरिएको छ।
त्यसैगरी कार्कीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जिम्मेवारी पाएका छन्।
यो पनि:
प्रहरी प्रवक्ताको जिम्मेवारी कुवेर कडायतलाई