बुधबार थप २१० जनामा काेराेना संक्रमण, १४६ डिस्चार्ज
बितेको २४ घण्टामा थप २१० जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सबैभन्दा बढी डोटीमा संक्रमित भेटिएको जनाएको छ।
डोटीमा ३७ जनामा संक्रमण पुष्टि भएको छ भने पर्सामा ३४ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंमा बुधबार थप १४ जनामा संक्रमण पुष्टि भएको छ भने भक्तपुरमा एक जनामा संक्रमण पुष्टि भएको छ। बुधबार थपिएको सहित देशभर संक्रमित संख्या १९ हजार २७३ जना पुगेको छ।
बितेको २४ घण्टामा १४६ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या १४ हजार २१ पुगेको छ। बुधबारसम्म पाँच हजार २०३ जना संक्रमित उपचारत छन्। गएको ९ माघदेखि संक्रमण देखिन थालेको नेपालमा ४९ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ।