शेयर बजारमा विक्रीको चाप, नेप्से २३ अंकले घट्यो
शेयर बजारमा विक्रीको चाप बढ्दा बुधबार नेप्से परिसूचक २३.३६ अंकले घटेको छ। कारोबार शुरु भएदेखि नै घट्न थालेको बजार १ हजार ४३१.५२ विन्दुमा ओर्लिएर थामिएको छ।
बुधबार सबै समूहका उपसूचकहरू नकारात्मक बनेका छन्। सबैभन्दा धेरै होटल समूह ३.६४ प्रतिशत र निर्जीवन बीमा समूह २.३९ प्रतिशतले घटेका छन्।
जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ९.४५ प्रतिशत, ग्लोबल आईएमई लघुवित्तका लगानीकर्ताले ७.४० प्रतिशत गुमाएका छन्। आजको कारोबारमा जोशी र युनियन हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै १०-१० प्रतिशत नाफा गरे।
बुधबार नेप्सेमा रु. १ अर्ब ६८ करोड मूल्यका शेयर ३८ लाख ३९ हजार कित्ता शेयर किनबेच भए।