खेलकुद बुधबार, साउन १४, २०७७

इङ्ल्याण्डले जित्यो महामारीपछिको पहिलो टेस्ट श्रृङ्खला

हिमालखबर

इङ्ल्याण्डले जित्यो महामारीपछिको पहिलो टेस्ट श्रृङ्खला

कोरोनाभाइरस महामारीको पहिलो टेस्ट श्रृङ्खलामा वेष्ट इन्डिजविरुद्ध इङ्ल्याण्ड २-१ ले विजयी भएको छ। अन्तिम टेस्टमा वेष्ट इन्डिजलाई २६९ रनले पराजित गर्दै श्रृङ्खला जितेको हो।

पहिलो टेस्ट हारेको इङ्ल्याण्डले पछिल्ला दुवै टेस्ट जितेको छ। पटकपटक वर्षाले अवरुद्ध अन्तिम टेस्टको पाचौँ दिन ३९९ रन पछ्याइरहेको वेष्ट इन्डिज १२९ रनमा नै अलआउट भयो। वेष्ट इन्डिजका साई होपले सर्वाधिक ३१, जर्मेन ब्लाकवुडले २३ र साम्रह ब्रुक्सले २२ रन बनाए।

इंग्ल्याण्डका लागि क्रिस वोक्सले ५ र स्टुअर्ट ब्रोडले ४ विकेट लिए। ब्रोडले क्रेग बेरवेइटेलाई आउट गर्दै टेष्ट क्रिकेटमा ५०० विकेट पनि पूरा गरे।

पहिलो इनिङ्समा इंग्ल्याण्डले ३६९ रन बनाउँदा वेष्ट इन्डिज १९७ रनमै अलआउट भएको थियो। दोस्रो इनिङ्समा इंग्ल्याण्डले २ विकेट गुमाएर २२६ रनमा इनिङ्स समाप्तीको घोषणा गरेको थियो।

तेस्रो दिन नै आफ्नो दोस्रो इनिङ्स शुरु गरेको वेष्ट इन्डिजले १० रनमा दुई विकेट गुकाएको थियो। तर, चौँथो दिनको पूरै खेल वर्षाले अवरुद्ध गरेपछि इङ्ल्याण्डको संभावित जित एक दिन पर धकेलिएको थियो।

साउथह्याम्पटनमा भएको पहिलो टेष्ट वेष्ट इन्डिजले ४ विकेटले जितेको थियो। त्यस्तै दोस्रो टेष्ट इंग्ल्यान्डले ११३ रनले जितेको थियो।

प्रतिकृया दिनुहोस