कला/साहित्य बुधबार, साउन १४, २०७७

सुशान्त सिंह राजपुतकी प्रेमिका रिहा चक्रवर्तीविरुद्ध एफआईआर दर्ता

हिमालखबर

सुशान्त सिंह राजपुतकी प्रेमिका रिहा चक्रवर्तीविरुद्ध एफआईआर दर्ता
तस्वीर: डीएनए ईन्डिया

केही समयअघि आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा उनकी प्रेमिका रिहा चक्रवर्ती र उनको परिवारविरुद्ध एफआईआर दर्ता भएको छ।

सुशान्तका बुबा के के सिंहले पटनाको राजिवनगर थानामा उनीविरुद्ध एफआईआर दर्ता गरेको बीबीसी हिन्दीले जनाएको छ।

प्रहरीमा परेको उजुरीमा रिहाले सुशान्तलाई आत्महत्या गर्न दुरुत्साहन गरेको उल्लेख गरिएको छ। प्रहरीका अनुसार घटनाबारे थप बुझ्न प्रहरी पटनाबाट मुम्बई गएको छ।

गएको १४ जुनमा  सुशान्त सिंह मुम्बईको बान्द्रास्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए। प्रहरीले आत्महत्या भनेको उक्त घटनामा सुशान्तको परिवारले हत्या भएको दाबी गरिरहेको छ।

प्रतिकृया दिनुहोस