मलेशियाका पूर्व प्रधानमन्त्री नाजिबलाई १२ वर्ष जेल र २१ करोड मलेसियन रिंगिट जरिवाना
मंगलबार मलेशियाको उच्च अदालतले पूर्व प्रधानमन्त्री नाजिब रज्जाकलाई १२ वर्ष जेल र २१ करोड मलेसियन रिंगिट जरिवाना तिराउने सजाय सुुनाएको छ।
शक्तिको दुरुपयोग गरेको र सम्पत्ति अपचलनको अभियोगमा नाजिबलाई अदालतले १२ वर्ष जेल र २१ करोड जरिवाना तिराउने सजाय सुनाएको हो।
उनीमाथि वान मलेशियन डेभलप्मेन्ट बीएचडी (वान एमबीडी) सँग सम्बन्धित मुद्दा चल्दै आइरहेको थियो।
मंगलबार मात्र उनको संलग्नतामा एसआरसी इन्टरनेशनल एसडीएन बीएचडीबाट चार करोड २० लाख मलेशियन रिंगिट रकम दुरुपयोग गरेको भन्दै अदालतले दोषी ठहर गरेको थियो।
उनीमाथि ८ अगस्ट २०१८ मा सम्पत्ति अपचल गरेको आरोप लागेको थियो।