थप समाचार मंगलबार, साउन १३, २०७७

ऐश्वर्या राय र उनकी छोरी कोरोना संक्रमणमुक्त

हिमालखबर

ऐश्वर्या राय र उनकी छोरी कोरोना संक्रमणमुक्त

कोरोनाभाइरसको संक्रमणपछि अस्पतालमा उपचार गराइरहेका बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी नौ वर्षीया छोरी आराध्या संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

हिजो परीक्षण गराउँदा दुवैको नेगेटिभ नतिजा आएको हो । बच्चन परिवारमा अभिनेता अमिताभ बच्चन, अभिषेक, ऐश्वर्या र आराध्यालाई कोरोना संक्रमण पुष्टि भएपछि सबै जनाको मुम्बईको नानावती अस्पतालमा उपचार भइरहेकोमा ऐश्वर्या र छोरी डिस्चार्ज भएका हुन्।

यसबारे ऐश्वर्याका श्रीमान् तथा अभिनेता अभिषेक बच्चनले ट्वीट मार्फत जानकारी दिंदै प्रार्थना र शुभकामनाका लागि सबैलाई आभार प्रकट गरेका छन् । श्रीमती र छोरी डिस्चार्ज भए पनि पिता र आफू भने अस्पतालमै स्वास्थ्यकर्मीको रेखदेखमा बस्ने उनले लेखेका छन्।

बुहारी र नातिनी अस्पतालबाट डिस्चार्ज भएपछि अमिताभ बच्चनले पनि ट्वीट गरेर खुशी प्रकट गरेका छन् । उनले गए राति भावुक हुँदै लेखेका छन्, "नातिनी र बुहारीलाई अस्पतालबाट मुक्ति मिलेकोमा मैले आँसु रोक्न सकिनँ । प्रभु तिम्रो कृपा अपार, अपरम्पार!"

अमिताभ र अभिषेकमा ११ जुलाई (२७ असार) मा कोरोना संक्रमण पुष्टि भएको थियो भने ऐश्वर्या र छोरीको त्यसको भोलिपल्ट पोजेटिभ रिपोर्ट आएको थियो। - एजेन्सी

प्रतिकृया दिनुहोस