समाचार मंगलबार, साउन १३, २०७७

सप्तरी र पर्सामा एकै दिन ३० कोरोना संक्रमित भेटिए

हिमालखबर

सप्तरी र पर्सामा एकै दिन ३० कोरोना संक्रमित भेटिए

सप्तरी र पर्सामा पछिल्लो २४ घण्टामा थप ३० जना कोरोनाभाइरस संक्रमित भेटिएका छन्। सप्तरीको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल र पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामार्फत स्वाबको नमुना जाँच्दा दुवै जिल्लामा थप १५/१५ जना संक्रमित भेटिएका हुन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक शाखाका एक कर्मचारीले पछिल्लो २४ घण्टामा दुई जिल्लाका प्रयोगशालामार्फत थप ३० जना कोरोना संक्रमित भेटिएको पुष्टि गरे। तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमार्फत नयाँ संक्रमित भेटिएको सार्वजनिक गर्ने तयारी गरेको छ।

बन्दाबन्दी खुलेसँगै नेपाल–भारत सीमा नाका खुकुलो हुँदा आवातजावत र जमघट बाक्लिएको छ। त्यससँगै तराईका जिल्लामा संक्रमितको संख्या बढ्न थालेको हो।

प्रतिकृया दिनुहोस