काठमाडौंको कमलादीबाट १५ किलो ‘सुन’ बरामद
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कमलादीबाट १५ किलो ‘सुन’ बरामद गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले परिसरमा पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी दिने तयारी गरिएको बताए।
अवैध रुपमा भित्र्याइएको भन्ने सूचना पाएपछि प्रहरीले पछ्याएको थियो । ‘सुन’ बोकेको ठानिएका दुई व्यक्ति पेस्तोल र सुन छाडेर भागेको बताइएको छ।
सुन जस्तै देखिने धातु बरामद भएको र त्यसको यकिन गर्न परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ।