खेलकुद शुक्रबार, साउन ९, २०७७

अग्रता जोगाउन नसक्दा युभेन्टस पराजित

हिमालखबर

अग्रता जोगाउन नसक्दा युभेन्टस पराजित

इटालियन सिरि ए मा लिग लिडर युभेन्टस अग्रता जोगाउन नसक्दा यूडिनेससँग पराजित भएको छ। पहिलो हाफमै युभेन्टसले अग्रता लिएको थियो। तर, अग्रता जोगाउन नसक्दा दुई–एक गोल अन्तरले पराजित भएको छ।

यूभेन्टसले ४२औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। तर, दोस्रो हाफको ५२औं मिनेटमा यूडिनेसले गोल फर्काउदै खेल बराबरीमा ल्यायो।

निर्धारित ९० मिनेटसम्म खेल बराबरीमा चलिरहेको थियो। तर, अतिरिक्त समयमा गोल गर्दै यूडिनेसले जित निकाल्यो। जितसँगै यूडिनेस अंक तालिकाको १५औं स्थानमा उक्लिएको छ।

युभेन्टस भने जित निकाल्दै अग्रता फराकिलो बनाउने अवसरबाट बञ्जित भएको छ। युभेन्टसले ३५ खेलबाट ८० अंक जोडेको छ भने उपाधि होडमा रहेको एटलान्टाले समान ३५ खेलबाट ७४ अंक जोडेको छ।

प्रतिकृया दिनुहोस