थप समाचार विहीबार, साउन ८, २०७७

भारतमा एकैदिन साढे २८ हजार संक्रमित निको भए

हिमालखबर

भारतमा एकैदिन साढे २८ हजार संक्रमित निको भए
null

भारतमा हिजो एकै दिन अहिलेसम्मकै बढी २८ हजार ४७२ कोरोनाभाइरस संक्रमित अस्पतालबाट घर फर्किएका छन्।

योसँगै भारतमा कोरोनाभाइरस संक्रमित निको हुने दर ६३.१३ प्रतिशत पुगेको छ। कूल संक्रमितको संख्या करीब १२ लाख ४० हजार पुगेको छ। तीमध्ये सात लाख ८४ हजार २६६ जना निको भएका छन्।

त्यहाँको संघीय स्वास्थ्य मन्त्रालयले भारतमा संक्रमित निको हुने दर बढिरहेको जनाएको छ। द हिन्दू ले उक्त मन्त्रालयलाई उधृत गर्दै जनाए अनुसार १९ वटा राज्य र संघ शासित क्षेत्रको निको हुने दर राष्ट्रिय दरभन्दा बढी छ।

निको हुने दरमा वृद्धिसँगै भारतमा संक्रमित र मृत्युदर पनि बढिरहेको छ। हिजो २२ जुलाईमा मात्र त्यहाँ ४५ हजार ५९९ संक्रमित भेटिएका छन्। यो अहिलेसम्म एकैदिन भेटिएको संक्रमितको सबैभन्दा ठूलो संख्या हो।

त्यस्तै हिजै त्यहाँ एक हजार एक सय २० जनाको मृत्यु भएको तथ्याङ्क सरकारले सार्वजनिक गरेको छ। यो अहिलेसम्म एकैदिन मृत्यु भएको सबैभन्दा ठूलो संख्या हो।

यसअघि १६ जुनमा एकै दिन दुई हजार ६ जनाको मृत्यु भएको सार्वजनिक भएको थियो। तर, उक्त तथ्याङ्क त्यसअघि सूचीमा छुटेकाहरुलाई थप्दा बढी भएको मन्त्रालयले जनाएको थियो।

प्रतिकृया दिनुहोस