थप समाचार बुधबार, साउन ७, २०७७

लमजुङमा पहिरोमा १८ घर पुरिंदा एक जनाको मृत्यु, चार जना घाइते

हिमालखबर

लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका ३ पल्लोटारीमा पहिरो जाँदा १८ घर पुरिएका छन्। पहिरोमा परी ४ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार आज बिहान १० बजे बस्तीभन्दा माथिबाट आएको पहिरोले घर पुरिएको हो। 

पहिरोमा परी सोही ठाउँका सुजन अछामी (१८), सिर्जना गोतामे (२५), जितबहादुर सार्की (७०) र सरिता वस्याल  (२८)  घाइते भएका छन्।

घाइतेहरूको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले जानकारी दिए। प्रहरीका अनुसार सोही स्थानका थप ६२ घर पहिरोको जोखिममा रहेका छन्।

त्यसैगरी गल्याङ नगरपालिकाको वडा नं १० स्थित गाउँसोरा भन्ने ठाउँमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ। गएराति घर माथिबाट आएको पहिरोले घर पुर्दा माया सारु (५५) को घटनास्थलमा मृत्यु भएको वार्ड अध्यक्ष ध्रुव शर्माले जानकारी दिए।

पहिरोमा परी नारायणी सारु (२३) घाइते भएकी छिन्। उनलाई उपचारका लागि पोखरा लगिएको छ। पहिरोका कारण सोही ठाउँका पाँच घरका ३५ जनालाई सुरक्षित स्थानमा सारिएको शर्माले जानकारी दिए।

प्रतिकृया दिनुहोस