थप समाचार मंगलबार, साउन ६, २०७७

राजीव गान्धी हत्याको दोषीद्वारा जेलमै आत्महत्या प्रयास

हिमालखबर

राजीव गान्धी हत्याको दोषीद्वारा जेलमै आत्महत्या प्रयास

भारतका तत्कालीन प्रधानमन्त्री राजीव गान्धीको हत्याका दोषी नलिनीले जेलमै आत्महत्या प्रयास गरेकी छिन्। उनी २८ वर्षदेखि जेलमा छिन्।

एक कैदीसँग झगडा भएपछि उनले आत्महत्याको प्रयास गरेको बताइएको छ। नलिनीका वकिल पी पुगाझेँडीका अनुसार आफूसँग झगडा गर्ने कैदीलाई अर्कै ठाउँ सार्न उनले माग गरेकी थिइन्। उनको हिजो राति जेलरसँग बहस भएको थियो। त्यसपछि आत्महत्या प्रयास गरेकी हुन्।

उनी तमिलनाडुको भेल्लोर जेलमा छिन्। उनलाई जन्मकैदको सजाय दिइएको छ। यो हत्याकाण्डमा उनलाई शुरुमा मृत्युदण्डको सजाय सुनाइएको थियो। तर, तमिलनाडु सरकारले २४ अप्रिल २००० मा उनको सजाय जन्मकैदमा बदलेको हो।

लामो समयदेखि कैदमा रहेकी नलिनीले जेलमै छोरीलाई जन्म दिएकी थिइन्। उनका श्रीमान् मुरुगनसहित अन्य ६ जना राजीव गान्धी हत्याका दोषी पनि जेलमै छन्।

तमिलनाडुको श्रीपेरमबुदुरमा भएको एक चुनावी र्‍यालीमा २१ मे १९९१ मा उनको हत्या भएको थियो। उनको हत्यामा श्रीलंकामा त्यति वेला पृथक राज्य माग गर्दै संघर्ष गरिरहेको लिबरेसन टाइगर्स अफ तमिल इलम (लिट्टे) को हात थियो।

-दैनिक भाष्करबाट

प्रतिकृया दिनुहोस