थप समाचार मंगलबार, साउन ६, २०७७

पूर्वी राप्तीमा जलसतह लगातार बढिरहेकाले सौराह क्षेत्रमा खतरा

हिमालखबर

पूर्वी राप्तीमा जलसतह लगातार बढिरहेकाले सौराह क्षेत्रमा खतरा

लगातारको वर्षाका कारण पूर्वी राप्तीमा पानीको बहाब बढेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभागले जल सतह सतर्कता आसपास पुगेको र बढ्दो रहेकाले तल्लो तटीय क्षेत्र र चितवनको सौराह आसपासमा खतरा रहेको जनाएको छ।

विभागले आज दिउसोसम्म सतर्कता अपनाउन आग्रह गरेको छ। पूर्वी राप्ती जलाधार रजैया मापन केन्द्रका अनुसार, बिहान ६ः३० बजेसम्म नदीको जल सतह ३.२५ मिटर रहेको छ।

उक्त नदीको जल सतह ३.३० मिटर सतर्कता तह हो भने ३.७० मिटर खतराको तह हो। अहिले नदीको जल सतह लगातार बढिरहेको छ। नदीको रसुवा, धादिङ, चितवन क्षेत्रमा पनि जल सतह लगातार बढिरहेको छ।

 

प्रतिकृया दिनुहोस