थप समाचार सोमबार, साउन ५, २०७७

भारतमा एकैदिन ४० हजार भन्दा बढी संक्रमित थपिए

हिमालखबर

भारतमा एकैदिन ४० हजार भन्दा बढी संक्रमित थपिए

भारतमा एकै दिन ४० हजारभन्दा बढी कोरोनाभाइरस संक्रमित थपिएका छन्।

सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० हजार ४२५ जना कोरोनाभाइरस संक्रमित थपिएका हुन् । यो संख्या हालसम्मकै धेरै हो।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ६८१ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जनाएको छ।

भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म २७ हजार ४९७ पुगेको अधिकारीहरुले जानकारी दिएका छन्।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या ११ लाख १८ हजार ४३ पुगेको अधिकारीहरुले जनाएका छन्।

अहिले पनि ३ लाख ९० हजार ४५९ जना संक्रमित अवस्थामै रहेका छन् भने ७ लाख ८७ जना संक्रमणमुक्त भएका छन् ।

सबैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र प्रदेशमा ३ लाख १० हजार ४५५ जना संक्रमित भएका छन् । त्यसपछि तमिलनाडु र दिल्ली संक्रमणको दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

प्रतिकृया दिनुहोस