थप समाचार सोमबार, साउन ५, २०७७

पछिल्लो २४ घण्टामा १९ वटा विपद्का घटना, ३ को मृत्यु

हिमालखबर

पछिल्लो २४ घण्टामा १९ वटा विपद्का घटना, ३ को मृत्यु

आइतबार बिहान १० बजेदेखि सोमबार बिहानसम्मको २४ घण्टामा देशभर विपद्का १९ वटा घटना भएका छन्। ती घटनामा परेर ३ जनाको मृत्यु, एक बेपत्ता र एकजना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती १९ घटना मध्ये १२ वटा पहिरोका घटना छन् भने दुई स्थानमा बाढी आएको हो।

कालिकोटको पचालझरना गाउँपालिका वडा नं ३ गैंडाखाडाको जंगलमा काठ चिरान गरिरहेका बेला पहिरोले पुरेर एकजनाको मृत्यु भएको हो भने अर्का एकजना घाइते भएका हुन्।

त्यस्तै दार्चुलाको नौगाड गाउँपालिका वडा नं. ६ परीगाँउखोलाको पानीको बहाव बढेर बगाउँदा एकजनाको मृत्यु र एकजना बेपत्ता भएका छन्। त्यहाँ समैजी आधारभूत विद्यालयको भवन समेत बगाएको छ।

पहिरोमै पुरिएर काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका वडा नं. १ गागलफेदीमा एकजनाको मृत्यु भएको छ।

बाढी तथा पहिरोकै कारण विभिन्न आधा दर्जन ठाउँमा सडक अवरुद्ध भएको पनि विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले हरेक २४ घण्टो विपद्को घटना सार्वजनिक गर्दै आएको छ।

प्रतिकृया दिनुहोस