लगातार चौथो पटक मेसीले जिते गोल्डेन बुट
स्पेनिस ला लिगाको यो सिजनमा पनि सर्वाधिक गोलकर्ता बन्दै बार्सिलोनाका लियोनल मेसीले गोल्डेन बुट जितेका छन्। सन् २०१६ देखि यता लगातार मेसीले गोल्डेन बुट जित्दै आएका छन्।
त्यस अगाडि बार्सिलोनाकै लुइस स्वारेज र रियल मड्रिडका लागि क्रिश्चियानो रोनाल्डोले यो पदक जितेका थिए। आइतबार राति सकिएको एलभेस विरुद्धको खेलमा दुई गोल गरेका मेसीले यो सिजनमा २५ गोल गरेका थिए भने २१ एसिस्ट गरेका थिए।
मेसीले यो पदक रियल मड्रिड करिम बेञ्जिमालाई पछि पार्दै जितेका हुन्। बेञ्जिमाले २१ गोल गरे।
च्याम्पियन मड्रिड बराबरीमा रोकियो, बार्सिलोनाको शानदार जित
एक खेल अगाडि च्याम्पियन बनेको रियल मड्रिड स्पेनिस ला लिगाको अन्तिम खेलमा भने जित निकाल्न सकेनन्। लगातार दश खेलमा जित निकाल्दै च्याम्पियन बनेको मड्रिड लेगानेससँग बराबरीमा रोकिएको हो।
खेलको नवौं मिनेटमै सर्जियो रामोसले गोल गर्दै मड्रिडलाई अग्रता दिलाएका थिए। तर, मड्रिड विरुद्ध पहिलो हाफमा थपिएको अतिरिक्त समयमा लेगानेसले गोल फर्कायो। ५२औं मिनेटमा मड्रिडका मार्कोले गोल गर्दै फेरि अग्रता लिएको थियो।
तर, ७८औं मिनेटमा लेगानेसका रोगर आसाले गोल फर्काउँदै बराबरी गरे। थप गोल दुवै तिरबाट नभएपछि लिगको अन्तिम खेलमा मड्रिडले अंक बाड्यो।
उपाधि गुमाइसकेको बार्सिलोनाले भने शानदार जित निकालेको छ। आइतबार राति भएको खेलमा एलभेसलाई पाँच–शून्य गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले जित निकालेको हो। तर, टीमका लागि भने यो जितले ठूलो अर्थ राखेन।
जितका लागि लियोनल मेसीले दुई गरे। आन्सु फाटी, लुइस स्वारेज र लेनसोन सेमेण्डोले समान एक–एक गोल गरे।