बजाजको ‘उल्टो अफर’, मोटरसाइकल किन्नुअघि एक लाख जित्न सकिने
बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०७६ विशेष ‘बजाज उल्टो अफर’ ल्याएको छ ।
कम्पनीले ‘किने पछि जित्ने होइन जिते पछि किन्ने’ नारा सहित नयाँ वर्षको योजना शुरू गरेको हो ।
योजनाअन्तर्गत ग्राहकले मोटरसाइकल खरीद गर्नुअघि स्क्र्याच गर्ने अवसर पाउनेछन् । जसमार्फत एक लाखसम्म नगद जित्न सकिनेछ ।
त्यस्तै खरीद गरेपछि पनि एक लाखसम्म जित्न सकिने कम्पनीले जनाएको छ ।
बजाजले पल्सरका विभिन्न मोडलका साथै एभेन्जर, डिस्कभर, प्लाटिना लगायतका मोटरसाइकल बिक्री गर्दै आइरहेको छ ।