हुन्डाई ओपन गल्फ टुर्नामेन्ट सम्पन्न
नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले ‘हुन्डाई गल्फ टुर्नामेन्ट’ को आयोजना गरेको छ ।
१ र २ चैत्रमा काठमाडौंको गोकर्ण गल्फ रिसोर्टमा आयोजना गरिएको टुर्नामेन्टमा १०८ गल्फर सहभागी थिए । प्रतियोगिता स्र्टेबल फोर्ड विधाअन्तर्गत खेलाइएको थियो ।
तासी दोङले टुर्नामेन्टको उपाधि जितेका छन् । तासीले समान अंक बनाएका माधव सिम्खडालाई काउण्ट ब्याकको आधारमा पछि पारेका हुन् ।