अर्थ/बजार शुक्रबार, साउन २, २०७७

ब्यांकका सीईओको तलबभत्तामा कटौती हुने

हिमालखबर

ब्यांकका सीईओको तलबभत्तामा कटौती हुने

नेपाल राष्ट्र ब्यांकले ब्यांक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलबभत्तासहित सेवा सुविधामा कटौती गर्ने संकेत गरेको छ।

आर्थिक वर्ष २०७७\७८ को मौद्रिक नीतिले ब्यांक तथा वित्तीय संस्थाको सञ्चालन खर्च घटाउन प्रमुख कार्यकारी अधिकृतको तलबभत्तामा पुनरवलोकन गरिने उल्लेख गरेको छ।

ब्यांक तथा वित्तीय संस्थाका सीईओको तलबभत्ता असाध्यै धेरै भएको भनी आलोचना हुँदै आएको छ । कतिपय ब्यांक तथा वित्तीय संस्थाका सीईओले वार्षिक रु. २ करोडसम्म तलबभत्ता बुझ्ने गर्छन्।

मौद्रिक नीतिले ब्यांक तथा वित्तीय संस्थाका सञ्चालक समितिको भत्तामा समेत कटौती गर्ने उल्लेख गरेको छ।

प्रतिकृया दिनुहोस