अर्थ/बजार शुक्रबार, साउन २, २०७७

वाणिज्य ब्यांकहरुले कृषिमा अनिवार्य १५ प्रतिशत कर्जा लगानी गर्नुपर्ने

हिमालखबर

वाणिज्य ब्यांकहरुले  कृषिमा  अनिवार्य १५ प्रतिशत कर्जा लगानी गर्नुपर्ने

कृषि क्षेत्रमा लगानी बढाउन वाणिज्य ब्यांकहरुले असार २०८० सम्म कुल ऋण लगानीको १५ प्रतिशत कर्जा कृषिमा लगानी गर्नुपर्ने भएको छ।

नेपाल राष्ट्र ब्यांकले २ साउन (शुक्रबार) जारी गरेको चालू आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिले कृषिमा गर्ने कर्जाको बाध्यात्मक सीमा तय गरेको हो।

यसअघि कृषिमा १० प्रतिशत मात्रै ऋण लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था थियो । मौद्रिक नीतिले थप ५ प्रतिशत लगानी बढाउनुका साथै कृषिमा लगानीको दायरा बनाउने प्रयास पनि गरेको छ। 

यसका साथै मौद्रिक नीतिले किसान क्रेडिट कार्ड लागू गर्ने विषय गम्भीरताका साथ लागू गर्ने उल्लेख गरेकाे छ। 

प्रतिकृया दिनुहोस