अर्थ/बजार शुक्रबार, साउन २, २०७७

साना र मझौला व्यवसायलाई नबिलको वार्षिकोत्सव छुट

हिमालखबर

साना र मझौला व्यवसायलाई नबिलको वार्षिकोत्सव छुट

नबिल ब्यांकले ऋणीहरुका लागि ‘३६ आ‍ैं वार्षिकाेत्सव योजना’ ल्याएको छ।

यस योजना अन्तर्गत ब्यांकले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला व्यवसाय कर्जामा विशेष व्याज छुट दिने जनाएकाे छ।

छुट याेजना अन्तर्गत घर कर्जामा ७.९९ प्रतिशत, धितो कर्जामा ८.४९ प्रतिशत, व्यक्तिगत ओभरड्राफ्टमा ८.४९ प्रतिशत साना तथा मझौला कर्जामा ७.९९ प्रतिशत उल्लेख छ।

सीमित समयका लागि ब्यांकले ल्याएको विशेष छुट वार्षिकाेत्सव योजनाको प्रक्रिया सबै शाखाहरुबाट अगाडि बढाउन सकिने बताएकाे छ।

यस योजनाबाट रिटेल र साना तथा मझौला व्यवसायका ग्राहकहरुलाई केही सहायता पुग्ने ब्यांकले उल्लेख गरेको छ।

प्रतिकृया दिनुहोस