खेलकुद बुधबार, असार ३१, २०७७

फिफाद्वारा कतारमा हुने विश्वकप फुटबल २०२२ को खेल तालिका सार्वजनिक

हिमालखबर

फिफाद्वारा कतारमा हुने विश्वकप फुटबल २०२२ को खेल तालिका सार्वजनिक

फिफाले कतारमा हुने विश्वकप फुटबल २०२२ को खेत तालिका सार्वजनिक गरेको छ । २१ नोभेम्बर २०२२ बाट शुरू भएर १८ डिसेम्बर १८ सम्म चल्ने विश्वकपको खेल तालिका फिफाले बुधबार सार्वजनिक गरेको हो ।

तालिकाअनुसार एकै दिनमा समूह चरणका चार वटा खेलहरू हुनेछन् । विश्वकपको उद्घाटन खेल अल बायट स्टेडियममा हुनेछ भने फाइनल खेल लुसेल स्टेडियममा भनिएको छ ।

यस अघि जुन र जुलाई महिनामा फुटबल विश्वकप गर्दै आएको फिफाले यसपटक भने नोभेम्बर र डिसेम्बरमा गर्ने भएको छ ।  जुन र जुलाईमा कतारको गर्मी अत्यधिक हुने भएकाले जाडो मौसममा खेल आयोजना गर्न लागिएको हो । 

विश्वकप फुटबलको २२ औं संस्करणमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिकृया दिनुहोस