बांग्लादेश क्रिकेट टीमका पूर्व कप्तान मोर्तजा संक्रमण मुक्त
बांग्लादेश क्रिकेट टीमका पूर्व कप्तान मशरफे मोर्तजा कोभिड–१९ को संक्रमणबाट मुक्त भएका छन्। मंगलबार उनको रिपोर्ट नेगेटिभ आएको हो।
तर, उनकी पत्नी सुमोना भने अझै संक्रमित नै छिन्। उनको पछिल्लो रिपोर्ट पनि पोजेटिभ नै आएको छ। मोतर्जा बांग्लादेश सत्तारुढ दल अवामी लिग पार्टीका सांसद समेत हुन्। उनमा तीन साता अगाडि कोभिड–१९ को संक्रमण पुष्टि भएको थियो।
“साँझ कोभिड–१९ को नतिजा आएको सुनेको छु, म संक्रमण मुक्त भएको छु” उनले आफ्नो फेसबूक पेजमा लेखेका छन्। स्वास्थ्यलाभको कामना गर्ने सबैलाई उनले धन्यवाद दिएका छन्।
उनकी पत्नी भने दुई साता देखि उपचारत छिन्। उनले आफ्नी पत्नीको अवस्था राम्रो रहेको पनि जानकारी दिएका छन्। “मैले घरमै उपचार गरें। तपाईंहरु पनि सकारात्मक सोंच राख्नुहोस्, जसलाई संक्रमण भएको छ। सँगै, भाइरस विरुद्ध लडौं”, उनले लेखेका छन्।
बांग्लादेशका क्रिकेटहरु नाफिज इकबल र नाजुमुललाई पनि संक्रमण देखिएको थियो। दुवै जना निको भइसकेका छन्।