१०० वर्षीय वृद्धले जिते संक्रमण, मनाए जन्मदिन
विश्वमै तेस्रो बढी प्रभावित भएको भारतमा मुम्बई उच्च प्रभावित क्षेत्र हो। तर, मंगलबार त्यहाँ १०० वर्षीय वृद्धले संक्रमण जितेका छन्।
१०० वर्षीय वृद्ध अर्जुन गोविन्द नारिनग्रेकर संक्रमणबाट निको भएका छन्। उनलाई मंगलबार डिस्चार्ज समेत गरिएको छ। तर, संयोग संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएकै बेला उनको जन्मदिन परेको थियो।
शताब्दी पुरुष ती संक्रमितको अस्पतालमै स्वास्थ्यकर्मीसँग जन्मदिन मनाइएको थियो। गएको १ जुलाईमा संक्रमण पुष्टि भएका ती शताब्दी पुरुष १५ दिन अस्पताल बसे।
“अस्पतामा बसिरहेका बेला उनको जन्मदिन मनाउने निर्णय भयो। जन्मदिन मनाइरहँदा स्वास्थ्यकर्मीहरु उत्साहित देखिएका थिए”, इण्डियन एक्सप्रेसले लेखेको छ। उनी पूर्व शिक्षक रहेको परिवारका सदस्यले जनाएका छन्। उनी विद्यालयका प्रधानाध्यापक नै थिए।
भारतमा संक्रमित संख्या नौ लाख ३७ हजार नाघेको छ भने २४ हजारको मृत्यु भएको छ।