मारियो पसालिकको ह्याट्रिकमा जित निकाल्दै एटलान्टा दोस्रो स्थानमा
इटालियन सिरि ए मा एटलान्टा दोस्रो स्थानमा उक्लिएको छ। मंगलबार राति सकिएको खेलमा ब्रेसिया विरुद्ध शानदार जित निकाल्दै एटलान्टा दोस्रो स्थानमा उक्लिएको हो।
एटलान्टाका लागि मिडफिल्डर मारियो पसालिकले ह्याट्रिक गरे। खेल शुरु भएको दोस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका मारियाले ५५औं र ८८औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे। उनको ह्याट्रिक सहित एटालान्टाले ६–२ को फराकिलो जित निकालेको छ।
गोलको वर्षा नै भएको खेलमा पहिलो हाफमै पाँच गोल भएको थियो। त्यस मध्ये एटलान्टाले चार गोल गरेको थियो भने ब्रेसियाले एक गोल गरेको थियो।
एटालान्टाका लागि २५औं मिनेटमा मार्टिन रुन, २८औं मिनेटमा रुस्लान मलिनोभ्स्की र ३०औं मिनेटमा डुभानले गोल गरे। खेल शुरु भएको दोस्रो मिनेटमा एटलान्टाले लिएको अग्रता आठौं मिनेटमा ब्रेसियाले तोडेको थियो। ब्रेसियाका लागि इर्नेस्टोले गोल गर्दै बराबरी गरेका थिए। तर, ब्रेसियाले यसपछि पहिलो हाफमै लगातार तीन गोल थप खायो।
दोस्रो हाफको ५५औं र ८८औं मिनेटमा मारियाले गोल गर्दा ब्रेसियाका लागि ८३औं मिनेटमा निकोलास स्पालेकले गोल गरेका थिए। जितसँगै एटलान्टा दोस्रो स्थानमा उक्लिएको छ।
एटलान्टाले इन्टर मिलान र लाजियोलाई पछि पारेको हो। दुवै टीमलाई एकै पटक पछि पार्दै उपाधि होडमा अगाडि बढेको एटलान्टा लिग लिडर यूभेन्टस भन्दा ६ अंकले मात्रै पछाडि छ। एटलान्टा भन्दा एक खेल कम खेलेको यूभेन्टसले ३२ खेलबाट ७६ अंक जोडेको छ। सम्हालिन