क्वारेन्टिन व्यवस्थापनका विषयमा प्रश्न उठेपछि सेनाको स्पष्टीकरण
खरिपाटीमा रहेको क्वारेन्टिन व्यवस्थापनका सम्बन्धमा भइरहेको कामको गतल प्रचारप्रसार भएको भन्दै नेपाली सेनाले ध्यानाकर्षण भएको जनाएको छ।
वास्तविकतालाई गहन अध्ययन नगरी सेनाको मनोबल कमजोर तुल्याउने हेतुले गलत प्रचारप्रसार भइरहेको भन्दै सेनाले ध्यानाकर्षण भएको जनाएको हो।
साथै सेनाले खरिपाटी क्वारेन्टिनमा आफूले गरिरहेको कामका बारेमा पनि जानकारी सार्वजनिक गरेको छ । सेनाका अनुसार विदेशबाट आउने नेपालीलाई प्रदेश अनुसार समूह छुट्याएर ३० जना संभावित संक्रमितलाई ३ वटा भवनामा छुट्टै ब्लक बनाएर राखिएको र खानाको व्यवस्था गरिरहेको छ । बिरामी र गर्भवती रहेका बिरामीलाई खाना र आवश्यक उपभोग्य सामग्रीको व्यवस्थापनमा पनि काम गरिरहेको सेनाले जनाएको छ।
यससँगै सीसीएमसीसँगको समन्वयमा पीसीआर टेष्टको लागि छलफल भइरहेको र स्वास्थ्य सामग्रीसहित मन्त्रालयबाट खटिएका स्वास्थ्यकर्मीसँग मिलेर हेरचाहमा पनि २४ सै घण्टा खटिरहेको सेनाले जनाएको छ । साथै एम्बुललेन्स सेवाका लागि पनि तयारी अवस्थामा रहेको सेनाको भनाइ छ।