महामारीबाट ज्यान गुमाउनु नपरेका एसियाका सात देशमा भुटान पनि
चीनबाट शुरु भएको कोभिड महामारीबाट भारत विश्वकै बढी प्रभावित हुने तेस्रो मुलुक बनेको छ। भारतमा नौ लाख आठ हजार बढी संक्रमित बनेका छन् भने २३ हजार बढीको मृत्यु भएको छ।
सवैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा ३४ लाख र दोस्रो बढी प्रभावित मुलुक ब्राजिल १८ लाख बढी प्रभावित बनेको छ। महामारी फैलिएको मुलुक चीन भने एसियाको आठौं प्रभावित मुलुक बनेको छ। चीन भन्दा बढी प्रभावित हुने मुलुकहरु कतार (सातौं), बांग्लादेश (छैटौं), टर्की (पाँचौंं), साउदी अरयिबा (चौंथो), पाकिस्तान (तेस्रो), इरान (दोस्रों) स्थानमा छ।
एसियामा बढी प्रभावित हुने मुलुकमा नेपाल २३औं स्थानमा छ। नेपालमा सोमबारसम्म १६ हजार ४५ जना संक्रमित छन्। एसियाका सवै देशमा संक्रमण देखिएको छ। एसियाका ४९ देशमा ७१ हजार बढीको मृत्यु भएको छ।
तर, एसियाका सात देशमा भने अहिलेसम्म कुनै नागरिकले ज्यान गुमाउनु परेको छैन। भियतनाम, मंगोलिया, कम्बोडिया, भुटान, मकाउ, लाओस् र टिमोर लिस्टेमा कुनै नागरिकले ज्यान गुमाउनु परेको छैन।
विश्वभर मंगलबार बिहानसम्म एक करोड ३२ लाख संक्रमित भएका छन् भने पाँच लाख ७५ हजारको मृत्यु भएको छ।