अष्ट्रियन प्रिन्टिङ पेपर अब नेपालमा पनि
यूरोपेली बजारमा लोकप्रिय अष्ट्रियन प्रिन्टिङ र फोटोकपी पेपर ‘आइक्यू प्रिमियम’ र ‘मायस्ट्रो सुप्रिम’ नेपालमा पनि भित्रिएको छ ।
अष्ट्रियाको मोन्डी ग्रुपले उत्पादन गर्ने यो पेपर प्रिन्टिङका हिसाबले गुणस्तरीय र पूर्णतः वातावरणमैत्री मानिन्छ । ग्रिन एन्ड क्लिन कम्पनी प्रालिले यो पेपर नेपाली बजारमा भित्र्याएको हो ।
राजधानीमा आयोजित एक कार्यक्रममा मोन्डी ग्रुपका प्रतिनिधि निखिल ओझाले छपाइको गुणस्तरका हिसाबले यो पेपर विश्वकै अग्रणी रहेको बताए ।
रंगिन प्रिन्टिङ, फोटोकपी र छपाइका लागि यो कागज महŒवपूर्ण रहेको उनको भनाइ थियो ।
ग्रिन एन्ड क्लिन कम्पनीका शकील अहमद खानले कर्पोरेट जगत, ब्याङ्क र गैरसरकारी संस्थाहरूलाई लक्ष्यित गरेर यो कागज भित्र्याइएको बताए । उनले यसको प्रयोगपछि छपाइसम्बन्धी ढाँचा नै बदलिने दाबी पनि गरे ।