खेलकुद आइतबार, असार २८, २०७७

रोनाल्डोले दुई गोल गर्दा यूभेन्टस बराबरीमा रोकियो

हिमालखबर

रोनाल्डोले दुई गोल  गर्दा यूभेन्टस बराबरीमा रोकियो

इटालियन सिरि ए मा स्टार स्ट्राइकर क्रिश्चियानो रोनाल्डोले एटलान्टा विरुद्ध दुई गोल गरेका छन्। शनिबार राति सकिएको खेलमा एटलान्टा विरुद्ध रोनाल्डोले दुई गोल गरेका हुन्।

लिग लिडर यूभेन्टस विरुद्ध एटलान्टाले शुरुवाती अग्रता लिएको थियो। खेलको १६औं मिनेटमा एटलान्टाले गोल गर्दै अग्रता लिएको थियो। पहिलो हाफ यूभेन्टस विरुद्ध एटलान्टाको शून्य–एकको अग्रता कायम रह्यो।

तर, दोस्रो हाफको ५५ औं मिनेटमा यूभेन्टसले पेनाल्टीको अवसर पायो। रोनाल्डोले पेनाल्टी गोल गर्दै खेल बराबरीमा ल्याए। फेरि ८०औं मिनेटमा गोल गर्दै एटलान्टाले अग्रता बनायो।

खेल अन्तिम दश मिनेटमा चलिरहँदा लिएको अग्रता एटलान्टाले जोगाउन सकेन। यूभेन्टसका खेलाडीलाई निर्धारित समयको अन्तिम मिनेटमा फउल गर्न पुगे। फेरि रोनाल्डोले पेनाल्टी गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

यो सँगै रोनाल्डो यूभेन्टसका लागि एउटै सिजनमा २८ गोल गर्ने खेलाडी बने। लिग लिडर यूभेन्टसले ३२ खेलमा ७६ अंक जोड्दै दोस्रो स्थानमा रहेको लाजिओलाई आठ अंकले पछाडि पारेको छ।

प्रतिकृया दिनुहोस