खेलकुद आइतबार, असार २८, २०७७

भिडालको गोलमा बार्सिलोनाको जित

हिमालखबर

भिडालको गोलमा बार्सिलोनाको जित

स्पेनिस ला लिगामा आर्टुरो भिडालको गोलमा बार्सिलोनाले जित निकालेको छ। १५औं मिनेटमा भिडालले गरेको गोल नै निर्णायक बन्दा बार्सिलोनाले जित निकालेको छ।

६९ प्रतिशत बल नियन्त्रणमा लिएको बार्सिलोनाले थप गोल भने गर्न सकेन। केही पटक राम्रो अवसर निर्माण गरेपनि बार्सिलोनाले थप गोल गर्न सकेन। भ्लालाडोलिडले भने सान्त्वना गोल समेत फर्काउन सकेन।

बार्सिलोना हाबी खेलमा भ्लालाडोलिडले खेल बराबर गर्ने धेरै अवसर बनाएको थियो। तर, गोल गर्न भने सकेन। जितसँगै, बार्सिलोनाले अग्रता घटाएको छ।

३६ खेलबाट बार्सिलोनाले ७९ अंक जोडेको छ। तर, एक खेल कम खेलेको रियल मड्रिडको अग्रता भने कायमै छ। रियल बाँकी तीन खेल मध्ये दुई खेल पराजित भयो र बाँकी दुवै खेल जिते मात्रै बार्सिलोनाले उपाधि जित्नेछ। ३५ खेलबाट रियलले ८० अंक जोडिसकेको छ।

प्रतिकृया दिनुहोस