कूटनीतिक वार्ताबाटै भूमि फिर्ताः वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कूटनीतिक वार्ताबाटै गुमेको भूमि फिर्ता लिनुपर्ने बताएका छन्। नेता पौडेलले गण्डकी प्रदेशका नेता तथा कार्यकर्तासँग भएको भर्चुअल बैठकमा वरिष्ठ नेता पौडेलले वर्तमान सरकारले राष्ट्रियताको सवालमा कूटनीतिक वार्ताबाटै गुमेको भूमि फिर्ता लिनुपर्ने बताए।
नेता पौडेलले वर्तमान सरकार वार्ता गर्ने बेलामा गालीगलौजमा उत्रिएर भारतसँग वार्ताको वातावरण बिगारेको आरोप समेत लगाए। “वर्तमान सरकार गरिबी, अशिक्षा तथा महामारी रोक्न असफल भएको छ”, नेता पौडेलले भने।
वरिष्ठ नेता पौडेलले कांग्रेसको १४औँ महाधिवेशन फागुनमा हुँदैन कि भन्ने शङ्का नगर्न आग्रह गरे। फागुनमा महाधिवेशन गर्न पर्याप्त समय रहेको उनको भनाइ थियो। कांग्रेसको क्रियाशील सदस्य वितरण गरेको दुई महीनामा सबै स्थानीय अधिवेशन सम्पन्न हुने वरिष्ठ नेता पौडेलले बताए।