खेलकुद शनिबार, असार २७, २०७७

विश्व चर्चित स्ट्राइकर मेसी र रोनाल्डो मैदान उत्रदै

हिमालखबर

विश्व चर्चित स्ट्राइकर मेसी र रोनाल्डो मैदान उत्रदै

विश्व चर्चित स्ट्राइकर लियोनल मेसी र क्रिश्चियानो रोनाल्डो आज राति मैदान उत्रदैछन्। स्पेनिस ला लिगामा मेसीको विशेष परीक्षा नै हुनेछ। किनभने, लिगको उपाधि संभावना जीवित राख्न बार्सिलोनाले आजको खेल जित्नै पर्नेछ।

मेसीको क्लब बार्सिलोना रियल मड्रिडसँग चार अंकले पछाडि परिसकेको छ। अहिले ११ः१५ देखि भ्लालाडोलिडसँग हुने खेलमा बार्सिलोनाले जित ननिकाले उपाधि संभावना झनै कमजोर हुनेछ।

३५औं चरणको खेल सकिएको लिगमा समान खेलबाट मड्रिडले बार्सिलोनालाई चार अंकले पछाडि पारेको छ। यदि, आजको खेल बार्सिलोनाले गुमाएमा उपाधि संभावना कमजोर भएर जानेछ।

मेसीसँगै सधैं कडा प्रतिष्पर्धामा रहने स्ट्राइकर रोनाल्डो पनि आजै मैदान उत्रदैछन्। उनको क्लब यूभेन्टस भने लिग लडर टीम हो। इटालियन सिरि एमा यूभेन्टसले ३१औं खेलबाट ७५ अंक जोडेको छ। यूभेन्टसलाई पछ्याइरहेको टीम लाजिओ भने समान खेलबाट सात अंकले पछाडि परेको छ।

यूभेन्टसले आज राति पौने दुई बजे एटलान्टासँग जित निकाले अग्रता झनै फराकिलो भएर जानेछ। रोनाल्डोले यूभेन्टसका लागि कीर्तिमानी गोल गरिसकेकाले पनि आजको खेल महत्वको हुनेछ। रोनाल्डोले यूभेन्टसका लागि एकै सिजनमा २६औं गोल गरिसकेका छन्।

 

प्रतिकृया दिनुहोस