समाचार शनिबार, असार २७, २०७७

वर्षाका कारण अवरुद्ध पूर्व-पश्चिम राजमार्ग खुल्यो

हिमालखबर

वर्षाका कारण अवरुद्ध पूर्व-पश्चिम राजमार्ग खुल्यो

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपुरको गैंडाकोटमा बाढीले कल्भट बगाएपछि आज बिहानदेखि अवरुद्ध सडक खुलेको छ। 

सडक विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार, भत्किएको ठाउँमा डाइभर्सन बनाइएपछि दिउँसो साढे १२ बजेदेखि सडक खुलेको हो। 

गैंडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सनमा राखेको कल्भट बगाउँदा आज बिहान ४ बजेदेखि सडक अवरुद्ध भएको थियो।

जसका कारण कैयौं सवारी साधन सडकमा अलपत्र परेका थिए।

प्रतिकृया दिनुहोस