पार्टीभित्रको विवाद आपसी छलफलबाटै सुल्झन्छः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले दलभित्र हुने बहस र विवाद आन्तरिक भएको बताएका छन्।
शुक्रबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद निष्कर्षमा पु-याउने दायित्व राजनीतिक दल र नेताहरुकै भएको उल्लेख गरेका छन्।
“पार्टीभित्र यस्ता छलफल, बहस र विमतिहरु तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया हुन्”, प्रधानमन्त्रीको भनाइ छ। प्रधानमन्त्री ओलीले विवादहरु नेताहरुको आपसी छलफलबाटै सुल्झाउने पनि स्मरण गराएका छन्।
प्रधानमन्त्री ओलीले यसका लागि धैर्य र संयम आवश्यक रहेको पनि बताएका छन्। प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्दै देशभर भइरहेको बाढी, पहिरोको प्रकोपमा उद्धार र कोभिड–१९ महामारी नियन्त्रणमा भइरहेको प्रयासबारे पनि जानकारी गराएका छन्।