देशवासीको नाममा प्रधानमन्त्रीको सम्बोधन
प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन्। नेपाल टेलिभिजनबाट प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका हुन्।
प्रधानमन्त्री ओलीको सम्बोधन नेपाल टेलिभिजनको आठ बजेको समाचारपछि प्रसारण हुने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
देशभर बाढी, पहिरोको प्रकोप निम्तिएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठक एक हप्ताका लागि स्थगित गरेको छ।